कार्यलय प्रमुख नहुदाँ प्रशासन कार्यलय ६ महिनादेखि ठप्प
ओखलढुंगा – ओखलढुंगाको खिजिफलाटेस्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा कार्यलय प्रमुख नहुँदा ठप्प भएको छ ।
कार्यालयका कायम मुकायम प्रमुखको जिम्मेवारी सम्हालेका तिर्थ बहादुर खड्काले उमेर हदम्यादका कारण गत भदौमा अवकास पाएसँगै इलाका प्रशासन कार्यलय प्रमुखबिहिन भएको हो ।
जसका कारण कार्यलयबाट प्रभाब हुने प्रशासनिक सेवा ६ महिनादेखि ठप्प छ ।
यसको प्रत्यक्ष मारमा त्यस क्षेत्रका सर्बसाधारण परेका छन् ।
कार्यालयमा कर्मचारी नहुदाँ त्याहाँका सर्वसाधारण प्रशासनिक चार दिन लगाएर सदरमुकाम धाउन बाध्य बनेका छन् ।
जिल्लाको ईलाका नम्बर ६ अन्तरगतका खिजिफलाटे, खिजिकाती, खिजिचण्डेश्वरी, रगनी, रावादोलु र भूसिंगा लगागत ६ गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनीक सेवा दिन सो स्थिानमा ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको थियो ।
जिल्लाको पस्चिमी भेगका जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ साल बैशाख २३ गते खिजीफलाटेमा ईलाका प्रशासन कार्यालको स्थापना गरिएको भएप्नि त्यसको ६ महिना नबित्दै बन्द हुदाँ त्यस क्षेत्रका सर्बसाधारणलाई उहि पुरानो सास्ती दोहोरिएको छ ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले भने गृहमन्त्रालयमा पत्रचार गरिसकिएकाले एक दुई महिना भित्र कार्मचारी आउने बताए ।
उनले भने, “लोक सेवा आयोगमा चिठ्ठी पठाएका छौ मलाई लाग्छ एक दुई महिना भित्र पदपुर्ति होला ।”
अहिले जिल्ला प्रशासन कार्यलय ओखलढुगामा भने प्रमुख जिल्ला अधिकारीसंगै दुई सहायक प्रजिअ कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण