छोरी कवितालाई हिरोइन बनाउने यस्तो छ करिश्माको योजना
काठमाडौं – सन्तानलाई अभिनयमा ल्याउने थुप्रै सेलिब्रेटी छन् नेपाली चलचित्र क्षेत्रमा । यो भिडमा अभिनेत्री करिश्मा मानन्धर पनि थपिने भएकी छन् ।
करिश्माले छोरी कवितालाई अभिनयमा ल्याउन लागेकी हुन् । करिश्मा अहिले नाम घोषणा नगरिएको नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसको लेखन कार्य भइरहेको उनले बताइन् । आफुले बनाउने नयाँ चलचित्रमा छोरी कवितालाई हिरोइन बनाउने उनको सोच छ ।
कविता अहिले अध्यायनको सिलसिलामा अमेरिकामा छिन् । कविताको पनि अभिनय प्रति रुचि रहँदै आएको छ । उनले गायक सरोज दत्ताको ‘भैगो’ बोलको एक म्युजिक भिडियो अभिनय गरेकी छिन् ।
करिश्माले पछिल्लो समय ‘फागु’ निर्माण गरेकी थिइन् । फागुले उनलाई चुर्लुम्म डुबाएको छ । सोको घाटा समेत असुल गर्ने उदेश्यले उनले नयाँ चलचित्र अगाडि बढाउन लागेकी हुन् ।
नयाँ शक्ति नेपाल पार्टीकी सदस्य समेत रहेकी करिश्मा आगामी दिनमा चलचित्र निर्माण र राजनीति दुबै अगाडि बढाउन चाँहान्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण