सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभा

बुधबार, ०४ फागुन २०७३, २१ : १७
बुधबार, ०४ फागुन २०७३
काठमाडौं, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंकका व्यवस्थापकहरुलाई अनावश्यक दवाव नदिन लगानीकर्ताहरुलाई चेतावनी दिएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गर्भनर नेपालले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा आएको समस्या प्रति लक्षित गर्दै कर्जा प्रवाहमा बैकहरुले ध्यान दिन समेत आग्रह गरे । गर्भनर नेपालले सबै बैंकको अनुगमनको कामलाई राष्ट्र बैंकले कडाई गरेको उल्लेख गर्दै अव कर्जा प्रवाहमा हुने ब्याजदर पनि कम हुँदै जाने स्पष्ट स्पष्ट पारेका थिए । उनले आयोजना हेरेर मात्रै लगानी गर्न पनि बैंकहरुलाई सचेत गराए । मुलुकको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको समेत उनले बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपालका पहिलो गर्भनर हिमालय शमशेर राणाले भने ‘सरकारले पूँजीगत खर्च गर्न सकेन ।’ खर्च हुन नभएको प्रति चिन्ता व्यक्त समेत व्यक्त गरे । जनताको ट्याक्सबाट उठेको रकम खर्च गर्न नसक्दा मुलुकको आर्थिक विकास हुन नसकेको बताए । मुक्तिनाथ विकास बैंक लिमिटेडको उक्त वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरुलाई सम्मान समेत गरिएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप