मुक्तिनाथ विकास बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभा
बुधबार, ०४ फागुन २०७३, २१ : १७
काठमाडौं, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंकका व्यवस्थापकहरुलाई अनावश्यक दवाव नदिन लगानीकर्ताहरुलाई चेतावनी दिएका छन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गर्भनर नेपालले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा आएको समस्या प्रति लक्षित गर्दै कर्जा प्रवाहमा बैकहरुले ध्यान दिन समेत आग्रह गरे ।
गर्भनर नेपालले सबै बैंकको अनुगमनको कामलाई राष्ट्र बैंकले कडाई गरेको उल्लेख गर्दै अव कर्जा प्रवाहमा हुने ब्याजदर पनि कम हुँदै जाने स्पष्ट स्पष्ट पारेका थिए ।
उनले आयोजना हेरेर मात्रै लगानी गर्न पनि बैंकहरुलाई सचेत गराए । मुलुकको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको समेत उनले बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपालका पहिलो गर्भनर हिमालय शमशेर राणाले भने ‘सरकारले पूँजीगत खर्च गर्न सकेन ।’ खर्च हुन नभएको प्रति चिन्ता व्यक्त समेत व्यक्त गरे । जनताको ट्याक्सबाट उठेको रकम खर्च गर्न नसक्दा मुलुकको आर्थिक विकास हुन नसकेको बताए ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको उक्त वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरुलाई सम्मान समेत गरिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण