सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिग आइकनमा उत्कृष्ट २० प्रतिस्पर्धी, शुक्रबार उत्कृष्ट १५ छनौट हुने

बुधबार, ०४ फागुन २०७३, २० : ५५
बुधबार, ०४ फागुन २०७३
पोखरा, सातौं चरणको जारी बिग आइकनको उत्कृष्ट २० राउण्डमा प्रवेश गरेको छ । बुधबार भएको उत्कृष्ट २५ गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट ५ जना बाहिरिएपछि प्रतियोगितामा २० जना प्रतिस्पर्धी रहेका हुन् । बुधबार प्रतियोगिताबाट बाहिरिनेमा उषा गुरुङ, स्मिता दुरा, उर्मिला पुन, सरिता सुवेदी र रश्मी गुरुङ उत्कृष्ट २५ राउण्डबाट बाहिरिएको आयोजकले जनाएको छ । बिग आइकन अन्तरगत उत्कृष्ट २० मध्येबाट अघिल्लो चरणमा अझै पाँच जना प्रतियोगीहरु बाहिरिनेछन् । अघिल्लो चरणको प्रतिस्पर्धा शुक्रबार हुने छ । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । विभिन्न चरण पार गर्दै अहिलेसम्म उत्कृष्ट २० प्रतिस्पर्धीको छनौट गरिएको हो । हाल ‘पियानो’ राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाईरहेका छन् । जारी बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । उत्कृष्ट १० प्रतिस्पर्धी छनौट गर्दासम्म निर्णायकहरुको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ छनौटसम्म निर्णायकहरुको अग्राधिकार रहने छ । प्रतियोगितामा उत्कृष्ट ३ छनौटपछि सर्वोत्कृष्ट छनौटका लागि भने सम्पूर्ण जिम्मा स्रोताको एसएमएस भोटमा रहने उसले जनाएको छ । सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप