सिड्नीका समुन्द्रमा बेपत्ता सुदिप उप्रेतिको शब भेटियो
बिहीबार, ०५ फागुन २०७३, २० : ०२
सिड्नी – गत मंगलवार १४ फेब्ररी देखी २२ बर्षिय श्रृष्टि भण्डारीसँगै हराइरहेका नेपाली युवा २६ बर्षिय सुदिप उप्रेतीको शव बिहीवार दिउसो सिड्नी प्रहरीले फेला पारेको छ ।
सिड्नीको दक्षिणमा रहेको मरुब्रा समुद्री किनारामा रहेको महोन पुल किनरमा ढुंगामुनी शव भेटिएको न्युज सेभेन अस्ट्रेलियाले जनाएको छ । मंगलबार बिहान श्रृष्टि भण्डारीको शब कपडाले ढाकिएको अवस्थामा फेला परेको थियो भने, संगै गएका सुदिप उप्रेतीको शब बिहीवार दिउसो ढुङ्गा मुनी भेटिएको न्युज सेभेन अष्ट्रेलियाले जनाएको छ ।
गत मंगलवार देखी प्रहरी हेलिकोप्टर, प्रहरी ड्राइभर र लाईफ गार्डहरुले निरन्तर खोजी जारी राखेको भएपनि आज बिहीवार दिउशो मात्रै ढुङ्गा मुनी उप्रेतिको शब भेटिएको हो ।
यस घटनामा ज्यान गुमाउने नेपाली विद्यार्थी श्रृष्टि भण्डारी दुई हप्ता अघि मात्रै अष्ट्रेलिया आएकी थिइन् भने सुदिप उप्रेती ३ बर्ष अघी अस्ट्रेलिया आएका उनी छ महिना अघी मात्र पर्थबाट सिड्नी आएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले बताए ।
सिड्नीको न्यूसाउथवेल्स युनिभर्सिटीमा अध्ययनका लागि आएकी नेपाली विद्यार्थी श्रृष्टि भण्डारी भएको खुलेको छ । सुदिप बिर्तामोड झापा निवासी हुन् भने बिराटनगर घर भएकी श्रृष्टि भण्डारी काठमाडौं निवासी हन् । न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले नजिकका आफन्त र परिवारलाई घटनाको बारेमा जानकारी गराइसकिएको र परिवारजनले शब नेपाल पठाइदिन आग्रह गरेको उन्ले बताए ।
उप्रेतिका बावुआमा छोरी भेटन अमेरिकामा रहेको र उहाहरुलेपनी छोराको शब नेपालमै पठाइदिन अनुरोध गरेको पोख्रेल बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण