सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिड्नीका समुन्द्रमा बेपत्ता सुदिप उप्रेतिको शब भेटियो  

बिहीबार, ०५ फागुन २०७३, २० : ०२
बिहीबार, ०५ फागुन २०७३
  सिड्नी – गत मंगलवार  १४ फेब्ररी  देखी २२ बर्षिय  श्रृष्टि भण्डारीसँगै हराइरहेका नेपाली युवा २६ बर्षिय सुदिप उप्रेतीको शव बिहीवार दिउसो  सिड्नी प्रहरीले फेला पारेको  छ । सिड्नीको दक्षिणमा रहेको मरुब्रा समुद्री किनारामा रहेको महोन पुल किनरमा  ढुंगामुनी  शव भेटिएको न्युज सेभेन अस्ट्रेलियाले जनाएको छ । मंगलबार बिहान  श्रृष्टि भण्डारीको शब कपडाले ढाकिएको अवस्थामा फेला परेको थियो भने, संगै गएका सुदिप  उप्रेतीको शब बिहीवार दिउसो ढुङ्गा मुनी भेटिएको न्युज सेभेन अष्ट्रेलियाले जनाएको छ । गत मंगलवार देखी  प्रहरी  हेलिकोप्टर, प्रहरी ड्राइभर  र लाईफ गार्डहरुले निरन्तर खोजी जारी राखेको भएपनि आज बिहीवार दिउशो मात्रै ढुङ्गा मुनी उप्रेतिको शब भेटिएको हो । यस घटनामा ज्यान गुमाउने नेपाली विद्यार्थी श्रृष्टि भण्डारी दुई हप्ता अघि मात्रै अष्ट्रेलिया आएकी थिइन् भने सुदिप उप्रेती ३ बर्ष अघी अस्ट्रेलिया आएका उनी  छ महिना अघी मात्र पर्थबाट सिड्नी आएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले बताए । सिड्नीको न्यूसाउथवेल्स युनिभर्सिटीमा अध्ययनका लागि आएकी नेपाली विद्यार्थी श्रृष्टि भण्डारी भएको खुलेको छ ।  सुदिप बिर्तामोड  झापा निवासी हुन् भने बिराटनगर घर भएकी  श्रृष्टि भण्डारी  काठमाडौं निवासी हन्  । न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले नजिकका आफन्त र परिवारलाई घटनाको बारेमा जानकारी गराइसकिएको र परिवारजनले शब नेपाल पठाइदिन आग्रह गरेको उन्ले बताए । उप्रेतिका बावुआमा छोरी भेटन अमेरिकामा रहेको र उहाहरुलेपनी छोराको शब नेपालमै पठाइदिन अनुरोध गरेको  पोख्रेल बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप