सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

छात्रामाथि बेहोस हुने गरी कुटपिट गर्ने शिक्षिका बिरुद्ध उजुरी

बिहीबार, ०५ फागुन २०७३, २१ : ४३
बिहीबार, ०५ फागुन २०७३
खोटाङ,  खोटाङमा शिक्षिकाले आफ्ना छोरीमाथि बेहोस हुनेगरी कुटपिट गरेको भन्दै कारबाहीको लागि अभिभाबकले उजुरी दिएका छन् । शंखेश्वरी माबि बराहपोखरी कक्षा– ६ मा अध्ययनरत आफ्ना छोरी कौशिला राईमाथि बेहोस हुनेगरी कुटपिट गरेको भन्दै सोही बिद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मी बिरुद्ध अभिभाबकले बिहिबार जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका हुन् । शिक्षिकाको कुटपिटबाट आफ्नी छोरीको बायाँ पाखुरा र गर्दनमा निलडाम लागेको बुवा बज्रकुमार राईले बताए । शिक्षीका रेग्मीले मंगलबार बिद्यालयमा पिसाव फेर्न गएर फर्केको समय ‘कहाँ गईस्’ भन्दै लट्ठीले कुटपिट गरेको अभिभाबकसँगै जिल्ला शिक्षा कार्यालय आएकी छात्राको भनाई छ । घटनाका बिषयमा यथार्थ बिषय बुझ्न बाँकी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी मीनबहादुर थापाले बताए । अभिभाबकले प्रशासनमा समेत उजुरी गर्ने तयारी गरेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप