छात्रामाथि बेहोस हुने गरी कुटपिट गर्ने शिक्षिका बिरुद्ध उजुरी
बिहीबार, ०५ फागुन २०७३, २१ : ४३
खोटाङ, खोटाङमा शिक्षिकाले आफ्ना छोरीमाथि बेहोस हुनेगरी कुटपिट गरेको भन्दै कारबाहीको लागि अभिभाबकले उजुरी दिएका छन् ।
शंखेश्वरी माबि बराहपोखरी कक्षा– ६ मा अध्ययनरत आफ्ना छोरी कौशिला राईमाथि बेहोस हुनेगरी कुटपिट गरेको भन्दै सोही बिद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मी बिरुद्ध अभिभाबकले बिहिबार जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका हुन् ।
शिक्षिकाको कुटपिटबाट आफ्नी छोरीको बायाँ पाखुरा र गर्दनमा निलडाम लागेको बुवा बज्रकुमार राईले बताए । शिक्षीका रेग्मीले मंगलबार बिद्यालयमा पिसाव फेर्न गएर फर्केको समय ‘कहाँ गईस्’ भन्दै लट्ठीले कुटपिट गरेको अभिभाबकसँगै जिल्ला शिक्षा कार्यालय आएकी छात्राको भनाई छ ।
घटनाका बिषयमा यथार्थ बिषय बुझ्न बाँकी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी मीनबहादुर थापाले बताए । अभिभाबकले प्रशासनमा समेत उजुरी गर्ने तयारी गरेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण