सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किमका सौतेनी भाइको शव छिट्टै प्योङयाङ पठाइनेः मलेसिया

शुक्रबार, ०६ फागुन २०७३, १८ : ०५
शुक्रबार, ०६ फागुन २०७३
क्वालालम्पुर (मलेसिया)  – उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुर छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ । दक्षिण कोरियाले भनेको छ, सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेका छन् । डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइन लागेको मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले बताए। तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले तीन जनालाई पक्राउ गरेको छ । शव परीक्षणपछि उपयुक्त समयमा मलेसियाले शव प्योङयोङ लाने व्यवस्था गर्नेछ । प्योङयाङ स्रोतले मलेसियाद्वारा गरेको शव परीक्षण रिपोर्टप्रति आशङ्का व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप