किमका सौतेनी भाइको शव छिट्टै प्योङयाङ पठाइनेः मलेसिया
शुक्रबार, ०६ फागुन २०७३, १८ : ०५
क्वालालम्पुर (मलेसिया) – उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुर छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ ।
दक्षिण कोरियाले भनेको छ, सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेका छन् । डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइन लागेको मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले बताए।
तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।
जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले तीन जनालाई पक्राउ गरेको छ ।
शव परीक्षणपछि उपयुक्त समयमा मलेसियाले शव प्योङयोङ लाने व्यवस्था गर्नेछ । प्योङयाङ स्रोतले मलेसियाद्वारा गरेको शव परीक्षण रिपोर्टप्रति आशङ्का व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण