मोटरसाइकल प्रहरीको बोर्डमा ठोक्दिा दुई जना घाइते, घाइतेको अवस्था गम्भिर
शुक्रबार, ०६ फागुन २०७३, १८ : ५२
रुपन्देही – नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । खैरेनी तर्फ आउँदै गरेको लु १० प ८३८६ नम्बरको मोटरसाइकल नवलपरासीको सुनवल र रुपन्देहीको देवदह जोड्ने कजरार खोला पुल नजिकै प्रहरीले सिमानाको जानकारी गराउन राखेको बोर्डमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटसाइकल चालक बुटवलका मान बहादुर कार्की र मोटसाइलको पछाडी बसेका दिनेश भण्डारी घाइते भएका हुन । घाइतेको देवदह मेडिकल कलेज देवदह भलुहीमा उपचार भइरहेको सुनवल प्रहरीले बताएको छ । मोटसाइकल चालक कार्कीको खुट्टामा र मोटसाइलक पछाडी बसेका भण्डारीको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था गम्भिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण