सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल प्रहरीको बोर्डमा ठोक्दिा दुई जना घाइते, घाइतेको अवस्था गम्भिर

शुक्रबार, ०६ फागुन २०७३, १८ : ५२
शुक्रबार, ०६ फागुन २०७३
रुपन्देही –  नवलपरासीको सुनवल–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । खैरेनी तर्फ आउँदै गरेको लु १० प ८३८६ नम्बरको मोटरसाइकल नवलपरासीको सुनवल र रुपन्देहीको देवदह जोड्ने कजरार खोला पुल नजिकै प्रहरीले सिमानाको जानकारी गराउन राखेको बोर्डमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटसाइकल चालक बुटवलका मान बहादुर कार्की र मोटसाइलको पछाडी बसेका दिनेश भण्डारी घाइते भएका हुन । घाइतेको देवदह मेडिकल कलेज देवदह भलुहीमा उपचार भइरहेको सुनवल प्रहरीले बताएको छ । मोटसाइकल चालक कार्कीको खुट्टामा र मोटसाइलक पछाडी बसेका भण्डारीको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था गम्भिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप