सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

घोडा दौेड प्रतियोगिता गर्न ६ लाखको खेलकुद घेराबार भत्काइयो

शुक्रबार, ०६ फागुन २०७३, १९ : १७
शुक्रबार, ०६ फागुन २०७३
डोल्पा – ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता लागि ६ लाखमा निर्माण गरिएको खेलकुद मैदानकाो घेरावार भत्काइएको छ । जिविस डोल्पाले आर्थिक बर्ष ०७२÷०७३ मा कुल ६ लाख रुपैया खर्चेर दुनै भ्याली क्लबले  उक्त खेलकुद मैदानका लागि बनाइएको थियो ।  खेलकुद मैदानका बनाइएको घेराबार घोडादौड प्रतियोगिताका लाग भत्काइए पछि उपयोगमा नआउँदै ६ लाख रुपैया खेर गएको छ । प्रजतन्त्र दिवस मनाउनको लागि जिबिस डोल्पाले सर्वदलिय बैठक बोलाएर जिल्लाको सर्वदलिय बैठकले  नै खेलकुद मैदानको घेराबार भत्काउन निर्णय गरेको जनाएको छ । तर, जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबसँग कुनै पनि छलफल नगरी जिल्लाको सर्वदलिय बैठकले बिकासको साटो बिनास गरेको आरोप लगाएको छ । उक्त घेराबार भत्काइएको प्रति जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबले असन्तुष्टि जनाएका छन । खेलकुद मैदान भत्काएर घोडादौड प्रतियोगिता गर्ने निर्णय परिवर्तन गर्न भन्दै जिल्ला बिकास समितिको कार्यालय डोल्पामा घेराबार निमार्ण उपभोक्ता समिति र दुनै भ्याली क्लबले निबेदन समेत दर्ता गराएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बताए । उक्त स्थान सरकारी जग्गा भएकै कारण जिल्ला बिकास समितिको नै रहेको र हाल घोडादौडको लागि भत्काइएको घेराबार पनि जिल्ला बिकास समितिले नै निमार्ण गर्ने भएकोले अलपत्र नहुने पनि जिबिसले जनाएको छ । डोल्पामा हरेक बर्ष घोडादौड प्रतियोगिता गरेको र यसलाई निरन्तरता दिनको लागि खेलकुद मैदानको घेराबार भत्काएर पुन निमार्ण गर्ने गरि सहमतिमा सर्वदलिय निर्णय भएको जिबिसको तर्क छ । तर, लाखौं रुपैया खर्चेर फेरि भन्काउँदा राज्यको रुपैया नै खेर जाने भएकोले भत्काउने कार्य नर्गन क्लबले ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप