सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यू

शनिबार, ०७ फागुन २०७३, १८ : ०२
शनिबार, ०७ फागुन २०७३
दाङ – माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन् उनीहरु घर लिप्ने माटो खन्ने क्रममा परिएका थिए। दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए । यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । आज दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले बताए । शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन् । ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप