माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यू
शनिबार, ०७ फागुन २०७३, १८ : ०२
दाङ – माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन् उनीहरु घर लिप्ने माटो खन्ने क्रममा परिएका थिए।
दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए ।
यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । आज दिउँसो उनीहरु पुरिएका थिए । घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले बताए ।
शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन् । ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण