औद्योगिक प्रदर्शनी हुने
मङ्गलबार, १० फागुन २०७३, १७ : २७
काठमाडौँ – देशका ७५ वटै जिल्लाबाट साना तथा घरेलु उद्यमीहरुको सहभागिता रहने गरी यहि फागुन १२ गते देखि औद्योगिक प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा यो २८औँ औद्योगिक प्रदर्शनी हो ।
‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ हुन लागेको उक्त प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामग्रीलाई प्रदर्शन गर्न लागेको समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले जानकारी दिए । स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
समितिका कामु उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले प्रदर्शनीमा ७५ वटै जिल्लाका तीन सयभन्दा बढी लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने बताए। ‘प्रदर्शनीमा प्रदेश अनुसार छुट्टाछुटै कक्ष राखिनेछ,’ उनले भने । समितिले हालसम्म एक लाख दुई हजार बढीलाई लघु उद्यमीसम्बन्धी तालिम दिइसकेको छ ।
प्रदर्शनीमा प्राकृतिक रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती रत्न पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, हातेकागज, अर्गानिक कफी, अल्लोबाट निर्मित सामान, ढाकाबाट निर्मित सामान तथा छालाजन्य वस्तु राखिने मिश्रले जानकारी दिए ।
मेलामा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट उद्यमीलाई रु ३० हजार तथा प्रदर्शनीमा राखिएका उत्पादनलाई विभिन्न १५ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट हुनेलाई रु २० हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण