हजारौं प्रदर्शनकारीले भने – ट्रम्प मेरो राष्ट्रपति होइन
मङ्गलबार, १० फागुन २०७३, १७ : ५२
न्युयोर्क – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् ।
न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको थियो ।
‘मेरो राष्ट्रपति दिवस होइन’ शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।
सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ ।
एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले “राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ” लेख्नुभएको छ ।
राष्ट्रपति दिवसकै दिन उहाँले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेप्mिटनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गर्नुभएको छ । यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उहाँले म्याकमास्टरलाई नियुक्त गर्नुभएको हो ।
ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेल्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण