शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हार स्वीकार गर्दै वैद्य माओवादीको मोर्चाले जारी गर्‍यो यस्तो विज्ञप्ति

बुधबार, १० जेठ २०७४, १८ : २९
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ ले स्थानीय तह चुनामा पार्टीले बेहोरेको हारलाई अपेक्षित भनि टिप्पणी गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विप्ति जारी गर्दै प्रतिपक्षी दलहरुलाई दल दर्ता नै नगर्ने र चुनाव चिन्ह समेत नदिएकाले यस भन्दा भिन्न प्रकारको परिणामको अपेक्षा नै नगरेको बताएका छन् । उनले भनेका छन्, ‘ हाम्रो मोर्चाले यो निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार तलैसम्म कमजोर भएको संगठनको आधार निर्माण गर्ने र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने काम जुन सम्पन्न गरेको छ त्यसैलाई यसको मुख्य उपलब्धीको रुपमा लिएको छ । ’ विज्ञप्तिमा प्रतिकुलताका विचमा पनि मोर्चाका केहि उम्मेदवार विजयी भएको भन्दै गजुरेलले मतदान गर्ने जनताप्रति आभार प्रकट गरेका छन् । प्रेस नोट भर्खरै भएको “स्थानीय तहको निर्वाचन”मा हारजीतको जुन परिणाम बाहिर आएको छ यो अपेक्षित नै थियो ।  प्रतिपक्षी दलहरुलाई दल दर्ता नै नगर्ने र चुनाव चिन्ह समेत नदिने गरी आयोजित यो कथित निर्वाचनबाट यस भन्दा भिन्न प्रकारको परिणामको अपेक्षा गर्न पनि सकिन्नथ्यो । हाम्रो मोर्चाले यो निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार तलैसम्म कमजोर भएको संगठनको आधार निर्माण गर्ने र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने काम जुन सम्पन्न गरेको छ त्यसैलाई यसको मुख्य उपलब्धीको रुपमा लिएको छ । यति धेरै प्रतिकुलताका विचमा पनि हाम्रो मोर्चाका केहि उम्मेदवारहरुलाई केही स्थानमा विजयी गराउने र मतदान गर्ने आदरणीय जनता प्रति हार्दिक आभार व्यक्त गर्दछौं र विजय हासिल गर्ने साथीहरुलाई हार्दिक वधाई तथा उम्मेदवार बन्नुभएका सम्पूर्ण साथीहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छौं । हुन लागेको दोश्रो चरणको निर्वाचनमा तुलनात्मक किसिमले बढि सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छौं । सी.पी. गजुरेल अध्यक्ष  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप