शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

बुधबार, १० जेठ २०७४, १८ : ५०
बुधबार, १० जेठ २०७४

सोलुखुम्बु, १० जेठ । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी छिन् ।

उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुगेकी थिइन् ।

दुईपटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाएको पर्यटन अधिकृत श्रेष्ठले बताए ।

सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उनले एकै याममा दुई पटक आरोहण गर्नुभएको हो । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उनी एक मात्र आरोही बनेकी छिन् ।

भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप