शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा मिनबिसको एकाधिकार साझाले तोड्यो

बुधबार, १० जेठ २०७४, १५ : ४५
बुधबार, १० जेठ २०७४
भक्तपुर, जेठ १० –भक्तपुरमा मिनी बसहरुको एकाधिकार तोड्दै साझा यातायातको बस सेवा सुरु भएको छ । बुधबारबाट साझा यातायातको २० वट बस भक्तपुरमा संचालनमा आएका हुन् । साझा यातायातको बस सेवा संचालनबाट आफूहरुले राहत महसुस गरिएको सर्वसाधारणले बताएका छन् । साझा यातायातको बस सेवा संचालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् । उनीहरुले साँघुरा बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता हटेको पनि जनाएका छन् । साझा यातायातका २० वटा बस भक्तपुरका नयाँ बाटोमा चल्न सूूरु भएको हो । विहान ६ बजेबाट दुई वटा रुटमा भक्तपुरका लागि साझा यातायातको बस सेवा संचालन हुनेछन् । पहिलो रुट स्वयम्भूबाट सुरु भई सितापाईला, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, माईतीघर, कोटेश्वर हुँदै सुर्यविनायकसम्म चल्नेछ भने अर्को रुट कोटेश्वरबाट सूरु भई सुर्यविनायक पुग्ने साझा यातायातले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप