शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संसदमा अवरोध भएपछि सिधै जनता माझ आएँः प्रचण्ड

बुधबार, १० जेठ २०७४, १६ : २५
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ससदमा अवरोध भएपछि आफू सिधै जनता माझ आएको बताएका छन् । बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ससदमा अवरोध भएपछि सिधै जनता माझ आएको बताएका हुन् । ब्यवस्थापिका संसदबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी पछि प्रमुख विपक्षी दल एमालेले संसद अवरोध गरेको थियो । बुधबार दोस्रो दिन पनि संसद चल्न नदिए पछि प्रचण्डले सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गरी आफ्नो दश महिने कार्यकालमा भएको कार्यप्रगतिका बारेमा चर्चा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप