फास्ट ट्रयाक बनेपछि तराई–मधेशको कायापलट हुनेछ–प्रधानमन्त्री
बुधबार, १० जेठ २०७४, १६ : ३१
काठमाडौं, जेठ १०–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौ–तराई जोड्ने फास्टट्रयाक निर्माण भए त्यसले तराई मधेशको कायापलट हुने विश्वास व्यक्त गरेका छन् ।
आज सिहदरवारमा देशबासीको नाममा विशेष सम्बोधन गर्दै उनले फास्टट्रयाक लगायतका विषयमा आफू प्रधानमन्त्री बन्न लाग्दा संसदमा उत्तेजनापूर्वक सोधिएको भन्दै त्यो सोध्नेहरुको नियत ठिक नभएको र सोध्नेहरु आफैमाथि विश्वास नभएपनि आफूले गरेरै देखाइदिएको बताए ।
फास्टट्रयाकलाई लिएर केही दलहरु ले सुनियोजित रुपमा विवाद चलाएको आरोप लगाउँदै उनले अब फास्टट्रयाक बन्ने विश्वास व्यक्त गरे । यो फास्टट्रयाक तयार भए तराई मधेको जनजीवन परिवर्तन हुने विश्वास व्यक्त गरे ।
फास्टट्रयाक बारेमा फैलाइएका भ्रमका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गरेको बताउँदै उनले केही दिनमा आफूले फास्टट्रयाक कार्यको शिल्यानाश गर्ने पनि घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण