शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजीनामा घोषणा गर्दै प्रचण्डले भने– वचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न सक्दैन

बुधबार, १० जेठ २०७४, १६ : ४१
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । नेपाली काँग्रेससँग भएको समझदारी आफूले पालना गरेकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि नै राजिनामा दिएको बताए । राजनीतिक दलहरुमा इमानको उपयोग कमी हुँदै आएको बताउँदै आफूले राजिनामा दिएको उल्लेख गरे । ‘दलहरुबीच लिखित र अलििखत सहमति च्यातिएका छन्,’ प्रचण्डले भने, ‘सत्तारुढ दलबाट त अहिलेसम्म पालना नै भएको छैन ।’ प्रचण्डले फरक विचारसँगको गठबन्धनको सरकारमा पनि कुनै समस्या नभएको उल्लेख गरे । ‘गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन्, फरक फरक दलबीच केही जटिल र पेचिलो हुन्छ, तर मलाई जटिलता परेन’, उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप