शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने– फाष्ट ट्रयाकलाई राजनीतिक दाउपेच बनाइयो

बुधबार, १० जेठ २०७४, १६ : ५०
बुधबार, १० जेठ २०७४
काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस फाष्ट ट्रयाक निर्माणको कामलाई राजनीतिक दाउपेच बनाएको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दाउपेचमा परेको फाष्ट ट्रयाक बन्ने ग्यारेन्टी आफूले गरेको बताए । फाष्ट ट्रयाक बन्ने निश्चित भएको बताए । काकाकुल राजधानीले वर्षौदेखि देखेको सपना पनि अब छिट्टै हुँदै उनले उद्घोषण गरे । फास्टट्रयाक बनेपछि तराई मधेशको कायापलट हुनेछ प्रधानमन्त्री प्रचण्डले काठमाडौ–तराई जोड्ने फास्टट्रयाक निर्माण भए त्यसले तराई मधेशको कायापलट हुने विश्वास व्यक्त गरे । उनले फास्टट्रयाक लगायतका विषयमा आफू प्रधानमन्त्री बन्न लाग्दा संसदमा उत्तेजनापूर्वक सोधेका थिए र सोध्नेहरुको नियत ठिक थिएन, सोध्नेहरुलाई आफैमाथि विश्वास नरहेको टिप्पणी गरे । फास्टट्रयाकलाई लिएर केही दलहरु सुनियोजित विवाद चलाएको आरोप लगाउँदै उनले अब फास्टट्रयाक बन्ने विश्वास व्यक्त गरे । यो फास्टट्रयाक तयार भए तराई मधेको जनजीवन परिवर्तन हुने विश्वास व्यक्त गरे । फास्टट्रयाक बारेमा फैलाइएका भ्रमका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गरेको बताउँदै उनले केही दिनमा आफूले फास्टट्रयाक कार्यको शिलान्यास गर्ने पनि घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप