जेठ ३१ को विकल्प नखोज्न नेताहरुलाई आयोगको आग्रह
काठमाडौ, जेठ १० – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलगायत अन्य आयुक्तहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जेठ ३१ को निर्वाचनका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुअघि प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा कांग्रेस सभापति शेरवहादुर देउवा, उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधी, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ तथा रामवहादुर थापा वादलको समेत सहभागि भएका थिए । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हुँदा स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पहरूको बारेमा सुझाव दिन आयोगसँग आग्रह गरेका थिए । त्यस्तै सरकारले २०७३ फागुन ९ गते स्थानीय तहको निर्वाचन एकै चरणमा सञ्चालन गर्ने गरी २०७४ बैशाख ३१ गतेको मिति तोकेअनुसार आयोगले ७४४ स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न तयारी पूरा गरेको अवस्थामा राजनीतिक सहमतिको वातावरण तयार गर्ने उद्देश्यकासाथ नेपाल सरकारबाट पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ को निर्वाचन मिति २०७४ बैशाख ३१ गते गर्ने र प्रदेश नं. १, २, ५ र ७ को निर्वाचन दोस्रो चरणमा मिति २०७४ जेठ ३१ गते गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार अनुरोध भएको र सो अनुरोध आयोगले स्वीकार गरी पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते गर्न सम्पूर्ण तयारी गरिसकेको कुरा स्मरण गराइएको थियो । त्यसैगरी प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवबाट आगामी २०७४ जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं. १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी सम्पूर्ण निर्वाचन सामग्रीहरू जिल्लामा पु¥याई सकिएको जाकारी गराएका थिए । त्यसअवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले जेठ ६ गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोली कार्य सञ्चालन भइरहेको, निर्वाचन अधिकृतहरूलाई आगामी जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको, जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको अरु तिथिबारे नसोच्न आग्रह गरेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण