एक मात्र उपमहानगरमा मेयर र उपमेयर दुवै एमाले
बुधबार, १० जेठ २०७४, १७ : २०
हेटौंडा, जेठ १०– पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न भएको एक मात्र उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । चार महानगरपालिका र एक नगरपालिकासहित पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो ।
पहिलो चरणमा भएको एक मात्र हेटौडा उपमहानगरपालिकामा एमाले मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । २३ हजार १ सय २४ मत प्राप्त गरी एमालेका हरीबहादुर महत मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरे ।
उपमेयरमा पनि एमालेकै मीना लामा विजयी भएकी छिन् ।
मेयरमा निर्वाचित महत २०४९ र २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको उपमेयरमा विजयी भएका थिए । त्यसअघि पञ्चायतकालमा पनि उनी नगरपालिकाको ५ नम्बर वडाको अध्यक्ष जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण