शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एसपी पोखरेलले झुुकाए माफियालाई, पीडितलाई १० वर्षमा न्याय (समाचार प्रभाव)

बुधबार, १० जेठ २०७४, १७ : ३९
बुधबार, १० जेठ २०७४
रौतहट, जेठ १०– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुुख एसपी यज्ञबिनोद पोखरेलले शैक्षिक माफिया योगेन्द्र यादवले झुक्याएका एकजना पीडित महिलाले १० वर्षपछि न्याय पाएकी छन् । चन्द्रपुुर नगरपालिका ५ रजपैंडाकी पीडित निर्मला चौधरीको पीडाबारे रातोपाटीले पटकपटक समाचार प्रकाशित गरेपछि एसपी पोखरेलले सोबारे चासो लिएका थिए । पीडित चौधरी, रातोपाटीकर्मी संजय मिश्रा र पत्रकार अशोक पाहाडीमाथि जिल्ला अदालत गौरमा लिखित बेइज्जतीको मुुद्दा दिने शिक्षक युुनियन रौतहटका पूर्व सभापतिसमेत रहेका यादवले एसपी पोखरेलको कडा निर्देशनपछि जागिर लगाउने नाममा लिएको पैसा साँवा ब्याजसमेत फिर्ता गरेका छन् । चन्द्रपुुर ५ रजपैंडास्थित आधुुनिक प्राविमा शिक्षकको जागिर लगाई दिने भन्दै तत्कालिन युुनियन सभापती यादवले २०६३ सालमा निर्मलासँग नगद ६० हजार रुपैयाँ लिएर नक्कली नियुुक्तीपत्र दिएका थिए । त्यतिमात्र नभई जागिर पक्कापक्की भयो भन्दै माफिया यादवले सोझी निर्मलाको घरमा रहेको एउटा खसी भोज खाने भन्दै लिएर गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप