महिन्द्राले यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्प आयोजना गर्दै
बुधबार, १० जेठ २०७४, १७ : ४२
काठमाडौं, जेठ १० – महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा ‘केयुभि १००’ लाईलिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्र्याएको थियो । उक्त नारा अन्तर्गत आयोजना सफलता सँगै यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याप्प आयोजना गर्ने जनाएको छ ।
छोटो अवधिमा युवाहरु माझ अत्याधिक लोक प्रिय हुनु र बजारमा राम्रो व्यपार गर्नुलाई कम्पनीले सकारात्मक संकेतको रुपमा लिएका छन् ।
यहि ग्राहाकहरुको अटुट विश्वास र भरोसालाई निरन्तरता दिनका लागि अग्नि ग्रुपले ‘केयुभि १००’ को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा मिति यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ ।
यस क्याम्पमा ‘केयुभि १००’ गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ भने, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण