सडक डिभिजनको लगानी बालुुवामा पानी, ठेकेदार मालामाल
बुधबार, १० जेठ २०७४, १८ : ००
संजय मिश्रा
रौतहट जेठ १०– पछिलो केही समययता रौतहटस्थित विकास निर्माणको काममा चौतर्फी गुुनासो उठ्न थालेको छ । ठेकेदारहरुले बढी नाफा कमाउने उद्देस्यले स्टिमेट बिपरित गुुणस्तरहिन काम गर्न थालेपछि चौतर्फी बिरोध हुुन थालेको हो ।
ठेकेदारको लापरवाहीको कारण सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुुरको लगानी बालुुवामा पानी सरह भइरहेको छ । बिभिन्न तीनवटा निर्माण कम्पनीद्वारा निजगढ बंकुल सडक खण्डको मध्यभाग सन्तपुरस्थित एक महिनाअघि गरिएको कालोपत्रे फुुट्न थालेको खबर सेलाउन नपाउँदै सोही क्षेत्रमा अर्को गुुणस्तरहिन काम भएको पाइएको छ ।
कटहरीया गम्हरीयाघाट लालबकैया पुुलदेखि पश्चिमको बाटोमा ठेकदार उपेन्द्र यादवले ग्रेभलको साटो बालुवा पुरेर लाखौं कुुम्ल्याउने दाउमा रहेको खुुलेको छ । सडक डिभिजनको कुुल १२ लाख रुपैयाँको लागतमा बाटोमा ग्रेभल गर्न सरस्वती निर्माण शेवाले टेण्डर लिएको थियो । सडक डिभिजनका इन्जिनियर श्यामनारायण मिश्रकाअनुुसार, मिक्स ग्रेभलमा कम्तीमा ६० प्रतिशत ढुंगा र ४० बालुुवाको मात्रा हुनुपर्छ । तर, निर्माण शेवाका सञ्चालक उपेन्द्र यादवले सो बाटोमा ग्रेभलको साटो मात्र बालुवा पुरीरहेको स्थानीय समाजसेवी अरबिन्द यादवले बताए ।
ठेकेदार यादवले हालेको ग्रेभलमा १० प्रतिशत पनि ढुंगाको मात्रा नभएकाले ग्रेभलको नाममा ठग्ने काम मात्र भइरहेको उनले दावी गरेका छन् । १२ लाखको टेण्डरको काम मात्र दुुई तीन लाख खर्चेर ठेकदार ठगी गर्ने दाउमा रहेको गुुप्ताले दावी गरेका छन् । कटहरीया नगरपालिकाका प्रमुुखका दावेदार सर्फलाल गुुप्ताले कटहरीयाबाट कलैया, वीरगंज जोड्ने मुख्य सडक लालबकैया नदी भएरै जाने भएकाले मुुुलबाटोको कामलाई सडक डिभिजनका नयाँ प्रमुख सुुमन योगेश आफैले स्थलगत निरिक्षण गर्नुुपर्ने माग गरेका छन् ।
त्यतिमात्र नभई गुुणस्तरहिन काम गरी डिभिजनलाई बदनाम गराउने सरस्वती निर्माण शेवा आश्रय निर्माण शेवा जस्ता निर्माण कम्पनीलाई कालो सूचिमा राख्न स्थानीयहरुले माग गरेका छन् ।
डिभिजन प्रमुख सुुमन योगेशले सोबारे गुुनासो आएपछि यसअघि नै निरिक्षण गर्दा उक्त बाटोमा राखिएको ग्रेभलको नाउमा बालुुवा मात्र रहेको स्पस्ट पारे । बालुुवाको सट्टा ग्रेभल राख्न लगाउने अन्यथा भुुक्तानी कुनै हालतमा नदिने उनले प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण