पोखरा–लेखनाथ मनपाको २४ र २५ मा एमाले, २३ मा काँग्रेस र २२ मा मिश्रित परिणाम
बुधबार, १० जेठ २०७४, १८ : २२
पोखरा, जेठ १० – पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं २४ र २५ मा एमाले, २३ मा नेपाली काँग्रेस र २२ मा मिश्रित परिणाम आएको छ ।
वडा नं २४ को वडाध्यक्षमा नेकपा (एमाले)का ओम गुरुङले १५८० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर थापाले १४१९ मत ल्याउनुभएको थियो ।
त्यस्तै महिला सदस्यमा सन्तुदेवी सुवेदी, दलित महिला सदस्यमा मिना नेपाली, खुला सदस्यमा शोभनाथ भट्टराई र अग्निधर त्रिपाठी निर्वाचित हुनुभएको छ ।
यसैगरी वडा नं २५ को वडाध्यक्षमा नेकपा एमालेकै शोभाकर तिमिल्सिना २१६५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दानबहादुर थापाले एक हजार ९३ मत पाउनुभएको छ ।
वडाको महिला सदस्यमा लक्ष्मी अधिकारी, दलित महिला सदस्यमा तारा विश्वकर्मा, खुला सदस्यहरुमा दलबहादुर कँंवर र जीतबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
यस्तै वडा नं २३ को वडाध्यक्षमा नेपाली काँग्रेसका विष्णुप्रसाद पराजुली एक हजार ५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दानबहादुर विकले ८०१ मत ल्याउनुभएको छ ।
त्यस्तै महिला सदस्यमा काँग्रेसकै गीताकुमारी क्षेत्री, दलित महिला सदस्यमा यमकुमारी सुनार, खुला सदस्यमा दुर्गाबहादुर घले र भरतराज भण्डारी निर्वाचित हुनुभएको छ ।
यसरी नै वडा नं २२ को वडाध्यक्षमा नेकपा एमालेका मित्रलाल बरालले एक हजार ४३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अशोक गुरुङले एक हजार ३९८ मत ल्याउनुभएको छ ।
यसैगरी महिला सदस्यमा काँग्रेसकी ओमकुमारी गुरुङ, खुला सदस्यमा काँगे्रसकै मातृका बराल, खुला सदस्यमा एमालेका ओमप्रसाद गुरुङ र दलित महिला सदस्यमा एमालेकै सीता विक कामी निर्वाचित हुनुभएको छ ।
महानगरको २५ वटा वडाको मतगणना सकिँदासम्म महानगर प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसीले ४० हजार ३३०, नेपाली काँग्रेसका रामजी कुँवरले ३१ हजार ३७०, उप–प्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३८ हजार ५२० र नेपाली काँग्रेसकी सरस्वती गुरुङले २९ हजार ५७ मत पाउनुभएको छ ।
आज दिउँसोसम्म ६४ प्रतिशत मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३३ वडा भएको महानगरमा एक लाख २६ हजार मत खसेकामा ८० हजार मतको गणना सकिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण