हुकिङ गरी विद्युत चुहावट गर्ने २६ पक्राउ
बुधबार, १० जेठ २०७४, १८ : ४०
लहान, जेठ १० – हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ ।
प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट रु एक लाख ४३ हजार जरिवाना असुल गरेको छ ।
टोलीले सिरहाको मोतिपुर, खुर्कीयाही, सोठियाइन, सखुवा नन्कारकट्टी लगायत स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।
पक्राउ परेकाबाट २७ थान पानी तान्ने मोटर, एक थान पङ्खा, मेसिन, दुईथान टीभी लगायतका सामग्री समेत बरामद गरिएको प्रमुख यादवले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण