गायिका रमिता भण्डारीलाई मन पर्ने गायक : नारायण गोपालदेखि सविन राईसम्म
बुधबार, १० जेठ २०७४, २० : ०३
दीपेन्द्र राई
गायिका रमिता भण्डारीको व्यस्तता बढ्दै गएको छ । गायनमात्रै होइन अभिनयमा समेत अब्बल भण्डारीलाई म्युजिक भिडियोमा अभिनयका लागि बाक्लै ‘अफर’ आउँछ । ‘सेलेक्टेड’ म्युजिक भिडियोमा अभिनयसमेत गर्दै आएका उनको परिचय मोडलिङ, कोरियोग्राफर, इभेन्ट अर्गनाइजरका रूपमा विस्तार हुँदै गएको छ । प्रस्तुत छ– नायिका तथा मोडल रमिता भण्डारीलाई मन पर्ने गायक ।
नारायण गोपाल
स्वर सम्राट नारायणगोपाल सबैका प्यारा भइगए । उनलाई नसुन्ने र मन नपराउने को होलान् र ?
उदय सोताङ
गायक उदय सोताङको गायनकला प्रशंसायोग्य छ । ‘स्लो टापइ’ मा गाउनु उनको विशेषतामात्रै नभएर पहिचान पनि हो । उनले गाएका वियोगान्त गीत कारुणिक भए पनि सुनुँसुनुँ लाग्नेमात्रै होइन आनन्द पनि लाग्छ ।
एड्रिन प्रधान
गायक एड्रिन प्रधानको ‘फ्यान’ हुँ । गायक प्रधानले गाएका गीत मन छुने हुन्छन् । ‘सम्बोधन गर्दै छु तिमीलाई’ शीर्षाकृत गीत कसलाई मन नपर्ला ।
दीपक बज्राचार्य
सबै गीत श्रवणीय भएकाले दीपक बज्राचार्य त्यत्तिकै मन पर्छ । गायक बज्राचार्यको गायनकला लोभलाग्दो छ ।
सविन राई
पपगीत मन पराउनेले सविन राईलाई सुनेकै हुन्छन् । गायक राई पपगीत गाउनकै लागि जन्मेका हुन्जस्तो लाग्छ । गायक राईको आवाज पपगीतका लागि असाध्यै उपयोगी छ । उनको आवाज ‘एक्स्ट्रा’ र ‘युनिक’ छ ।
सत्य/स्वरूप
युवापुस्ताका सर्वाधिक चर्चिच गायकद्वय सत्य÷स्वरूप आचार्य मन पर्छ । दुवैको आवाज अत्यन्तै खुलेको छ । कर्णप्रिय छ । दुवैले बाबुको बिँडो थामेका छन् ।
जोहेब मानन्धर
गायक जोहेब मानन्धर मन पर्छ । ‘म यस्तो गीत गाउँछु तिम्रो सम्झनामा’ का गायक मानन्धर लोकप्रिय लाग्छ । ‘ह्यान्डसम’ मात्रै छैनन् उनी आवाज पनि त्यत्तिकै राम्रो छ ।
रोज मोक्तान
‘कलकत्ते काइँयो केश मेरो बाङ्ग्यो टेबलमा ऐना छ’ का गायक रोज मोक्तान युवापुस्ताका ढुकढुकी नै हुन् । मोक्तानका तामाङसेलो गीत श्रवणीय छन् ।
कमल खत्री
‘आत्मामा, आत्मामा म छु कि छैन’ का गायक कमल खत्री उत्तिकै प्रिय लाग्छन् । उनको आवाजमा दम छ । गीत त्यत्तिकै मार्मिक लाग्छन् ।
कबवेब ब्यान्ड
कबवेब ब्यान्डका सबै गायक मन पर्छन् । ‘रक टाइपको सङ’ मन पर्ने भएकाले कबवेब ब्यान्डका गायकले मेरो मन जितेको हो । यही ब्यान्ड भेट्ने चाहनाले मैले आफ्नो यात्रा यहाँसम्म डोर्याइरहेको छु ।
स्याडो ब्यान्ड
स्याडो ब्यान्डको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ । सो ब्यान्डसम्बद्धले भिन्नखालका गीत गाएका छन् । जस्तो, ‘म हुँ प्रकृति, मलाई बाँच्न देऊ’, ‘हिँड्ने मान्छे लड्छ’ लोकप्रिय गीत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण