आर्थिक समृद्धिका लागि पर्यटन विकासमा जोड : महासचिव पोखरेल
बुधबार, १० जेठ २०७४, २० : १८
काठमाडौँ, जेठ १० –नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताए ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘तराई–मधेसमा पर्यटन विकास र प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले पर्यटनको विकास गर्न सके देशको मुहार नै फेर्न सकिने धारणा राखे ।
‘जनकपुर, गढीमाई, सिम्रौनजस्ता तराईमा पर्यटकीय सम्भावना भएका क्षेत्र छन्’– उनले भने – ‘ती क्षेत्रको विकास गर्नमा ध्यान पु¥याउनसके पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’
कार्यक्रममा सङ्गठनका प्रदेश नं २ का संयोजक विजयकुमार दत्तले ‘तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्दै सरकारले पर्यटन विकासमा चासो नदिएकाले तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नसकिएको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य डा वंशीधर मिश्रले पर्यटन भित्र्याउनका लागि हुलाकी राजमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूलो आयोजना चाँडो निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण