शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेशीसहरमा वडा कार्यालय उद्घाटन

बिहीबार, ११ जेठ २०७४, १० : ४७
बिहीबार, ११ जेठ २०७४

लमजुङ, जेठ ११– बेशीसहर नगरपालिका ७ नम्बर वडाको वडा कार्यालय एक कार्यक्रमका बिच उदुघाटन गरिएको छ । ७ नम्बर वडाका नवनिर्वाचित अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित मेयर गुमानसिह अर्यालले कार्यालयको उदघाटन गरेका हुन् । कार्यलयको उद्घाटन गदै नवनिर्वाचित मेयर गुमानसिह अर्यालले निर्वाचनको बेला पार्टीका तर्फबाट चुनाव लडेपनि अब सबै जनताको साझा प्रतिनिधि बनेर विकास निर्माणमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले चुनावका बेला दलिय प्रतिस्पर्धा रहेपनि अब विकासमा दलिय भेदभाव नगरी अघि बढ्न निर्वाचित पदाधिकारीलाई आग्रह गरे । त्यस्तै एमाले अध्यक्ष धनन्जय दवाडीले जनताले चाहेको अधिकार बल्ल प्राप्त भएकाले आफना अधिकार प्रत्याभूतका लागी हातेमालो गर्नुको विकल्प नरहेको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप