शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

बिहीबार, ११ जेठ २०७४, १० : ५२
बिहीबार, ११ जेठ २०७४

दमक, ११ जेठ । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेको छ । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप