शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विप्लव र बाबुरामलाई झड्काः तीन दर्जन नेताहरु माओवादीमा

बिहीबार, ११ जेठ २०७४, ११ : ०८
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११– नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बिहान एक कार्यक्रमका बीच नेता टिआर खम्बु, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेताहरु डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतका केन्द्रीय नेता प्रवेश गरेका हुन् । प्रवेश गर्ने अन्य नेताहरुमा नेकपाका केन्द्रीय नेताहरु बिरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदिप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार रहेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादमा पुग्ने बताए । पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप