हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा
नुवाकोट, जेठ ११- हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए । हाइड्रोसिल रोगबाट पीडित शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध गराएकाले यसबाट लाभ लिन सबैमा उनले आग्रह गरे ।
हाइड्रोसिल दुई प्रकारका (जन्मजात र पछि देखापर्ने) बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी सेवा दिन लागेको जनाएको छ । समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए ।
जिल्ला अस्पताल त्रिशूलीले अहिले महिलाको पाठेघर (आङ) खस्ने रोगको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । अर्को महिनादेखि नवजात शिशु (जन्मेको २८ दिनभित्र)को समेत उपचार सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण