शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

बिहीबार, ११ जेठ २०७४, ११ : ३४
बिहीबार, ११ जेठ २०७४
पोखरा, जेठ ११- पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । महानगरको २६ नं वडाको अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गर्नुभयो । वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा रामकृष्ण जिसी र खड्कबहादुर रानाभाट विजयी बन्नुभएको छ । यस्तै वडा नं २९ को अध्यक्षमा एमालेकै चेतबहादुर गुरुङ एक हजार ४४८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दीपकमणि भण्डारीले एक हजार २२३ मत प्राप्त गर्नुभयो । वडाको महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार, खुला सदस्यद्वयमा थलबहादुर पाण्डे र हेमबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप