ट्राफिक स्वयम्सेवामा स्कुले विद्यार्थी
बिहीबार, ११ जेठ २०७४, ११ : ३८
काठमाडौँ, जेठ ११– चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् ।
काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहेका छन् ।
गोल्डेनगेट कलेजमा स्नातक पढ्दै आएका एरीक बस्नेत आफू दैनिक तीन घन्टा स्वयम्सेवामा खटिने गरेको बताउँछन् । उनी भन्छन्, “समाजसेवा विषयको अध्ययन गरेपछि समाजसेवा त गर्नुप-यो तर काम गर्न ट्राफिकलाई एकदमै अप्ठयारो हुँदो रहेछ ।”
यस्तै गोल्डेनगेट कलेजकै अर्की विद्यार्थी रक्षा रिजाल स्वयम्सेवा गर्न आउँदा पैदलयात्रु र सवारी चालकले नटेर्ने गरेको बताउछिन् । उनी भन्छिन्, “कतिपय चालक तथा पैदलयात्रुले विद्यार्थी स्वयम्सेवक त हुन् नि भनेर टेर्दैनन् ।”
पछिल्लो समय ट्राफिक सेवा गर्ने स्कुले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा ट्राफिक सेवा गर्नेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो । कतिपय समाजसेवा पढाउने कलेजले त प्राक्टिकल भन्दै १५२ घन्टा स्वयम्सेवा गर्न विद्यार्थी खटाउने गरेका छन् । यसरी खटाउने कलेज तथा स्कुलमा जोसेफ, सेन्ट जेभियर्स, लिङ्कन, गोल्डेनगेट, ओरियन्ट, मोर्गन, ब्रिलियन्ट, बानेश्वरलगायत रहेका छन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार ५०० विद्यार्थीले स्वयम्सेवा गरेको महाशाखाका प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए ।
यातायात व्यवस्था विभागले दिएको जानकारीअनुसार हाल उपत्यकामा ११ लाख हाराहारीमा सवारीसाधन रहेको छ । उक्त सवारीसाधनको व्यवस्थापनका लागि अहिले महाशाखाअन्र्तगत एक हजार ३०० हाराहारीको जनशक्तिले व्यवस्थापन गर्र्दै आएको छ ।
ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि नेपाल स्काउट, स्कुल तथा कलेजका विद्यार्थी र विभिन्न गैरसरकारी संस्थाले ट्राफिकसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउँदै आएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण