शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अरबौंकी मालिक्नी हुन् यी नायिका, दोस्रोपटक दिनेछिन् जुम्ल्याहा सन्तानलाई जन्म

बिहीबार, ११ जेठ २०७४, १२ : १२
बिहीबार, ११ जेठ २०७४

एजेन्सी

जेठ ११ – बलिउडकी निकै हट नायिका बनिसकेकी सेलिना जेटली एक पटक पुनः आमा बन्दै छिन् त्यो पनि जुम्ल्याहा सन्तानको । भारतीय संचार माध्यमका अनुसार सेलिना गर्भवती भएको तीन महिनाभन्दा बढि भइसक्यो । ‘नो इन्ट्री’ जस्तो शानदान फिल्मबाट लाखौंको मन जित्न सफल उनले पहिले पनि जुम्ल्याहा सन्तानलाई नै जन्म दिएकी थिइन् ।

केही दिन अघि सेलिना रुटीन चेकअपका लागि डाक्टरकोमा गइन् तब उनलाई आफू पुनः गर्भवती भएको खबर थाहा भयो । त्यो पनि जुम्ल्याहा सन्तानको जसबारे थाहा पाउँदा सेलिना आफैं दङ्ग भएकी थिइन् ।

सन् २००३ मा रिलिज भएको फिल्म ‘जांनशीं’ बाट बलिउडमा प्रवेश गर्ने नायिका सेलिना आजकाल आफ्ना श्रीमान पिटर र दुई सन्तान – विन्स्टन र विराजसँग दुबईमा बसिरहेकी छिन् ।

सेलिना अहिले लाइमलाइटबाट टाढा आफ्ना श्रीमानसँग बसिरहेकी छिन् । सेलिनाका श्रीमान पीटर हाग बिजनेस टाइकुन र होटेलियर हुन् ।

सेलिनासँग मुम्बई, दुबई र सिंगापुरमा टन्नै सम्पत्ति छ । उनले सन् २००८ मा गोवामा एक हेरिटेज बंगला पनि खरिद गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप