आमाको हत्या गरेर रगतले भुइँमा बनाए ‘स्माइली’
एजेन्सी
जेठ ११ – भारतीय पुलिस इन्स्पेक्टर ज्ञानेश्वर गाणेरेकी श्रीमती दिपाली गणेरेको हत्यापछि उनका छोरा फरार छन् । उनको हत्या उनकै छोराले गरेको प्रारम्भिक अनुसन्धानले दाबी गरेको छ । हत्यापछि भुइँमा रगतले जुन मेसेज लेखिएको छ, त्यो देखेर पुलिस पनि हैरान छन् ।
भुइँमा रगतले अंग्रेजीमा दुई लाइन लेखिएको छ जसको अर्थ ‘उनी (आमा) का कारण तनावमा छु । (मलाई) पक्राउ गर र झुण्डाइदेउ ।’ यति मात्र होइन, यो सन्देशसँगै एक स्माइली पनि बनाइएको छ । यो सन्देश उनकै छोरा सिद्धान्तले लेखेको अनुमान गरिएको छ । उनीहरुको दराजबाट पनि केही रुपैयाँ गायब छ । सूत्रका अनुसार सिद्धार्थ बीएससी (प्रथम वर्ष) मा पढ्छन् । उनी पछिल्लो वर्ष फेल भएका थिए त्यसकारण उनकी आमा दीपाली उनलाई पढाईका लागि सम्झाउने गर्दछिन् । उनले उनको सोसल मिडिया गतिविधिमाथि पनि प्रतिबन्ध लगाएकी थिइन् ।
ज्ञानेश्वर सोमबार राती ड्युटी समाप्त गरेर करिब ११ बजे जब घर पुगे तब उनको घरको ढोका बाहिरबाट बन्द भएको पाए । उनले श्रीमती र छोरालाई फोन गरिन् तर दुबैको मोबाइल बन्द भएको पाए । उनले दुबैजना फिल्म हेर्न गएको सोचे र अफिस नै फर्किए र पुनः राती दुइ बजे घर फर्किए । उनले जुत्ताको र्याकमा घरको चाबी पाए । उनी भित्र जाँदा श्रीमतीलाई रगतले लत्पत्तिएको देखे ।
पुलिसले यो हत्यमा गणोरे पनि सोधपुछ गरिरहेको छ । गणोरका अनुसार उनले आफ्नी श्रीमतीसँग अन्तिम पटक मंगलबार बेलुका पाँच बजे कुरा गरेकी थिइन् । त्यसपछि उनको घरको फोन कसैले पनि नउठाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण