माओवादी कमजोर भए संघीयता गुम्न सक्छ : प्रचण्ड
काठमाडौ, जेठ ११ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्ध बनाउने अभियानमा केही सफलता हासिल भएको बताएका छन् ।
दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफ्नो पार्टी बलियो हुनैपर्ने भन्दै माओवादी केन्द्र कमजोर भए संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका परिवर्तन गुम्न सक्ने खतरा रहेको पनि औंल्याएका छन् ।
प्रधानमन्त्री दाहालले परिवर्तनलाई संस्थागत गरेर मुलुकलाई समृद्ध बनाउन परिवर्तनकारी शक्तिहरुबीच एकीकरण र पुनर्गठनको अभियानलाई तीव्रता दिइएको समेत स्पष्ट पारे । विहीबार विहान नेता विक्रम चन्द नेतृत्वको नेपाल कुम्युनिष्ट पार्टीका नेता टिआर खम्बुसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री दाहालले स्थानीय तहमार्फत् जनताको हित र मुलुकको समग्र विकासमा धेरै काम गर्न सकिने अवस्था आएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले निर्वाचनमा बढिभन्दा बढि सफलता हासिल गर्ने तत्कालीन कार्यभार पुरा गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । उनले जनवादलाई पूर्णता दिँदै समाजवादतर्फ उन्मुख हुने पार्टीको दीर्घकालीन लक्ष्य प्राप्तीको अभियान जारी रहेको भन्दै माओवादी शक्तिहरुबीचको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको परिवर्तनलाई संस्थागत गर्न सकिने बताए । नयाँ नेपाल निर्माण गर्ने अभियान सुरु भईसकेको दावी प्रचण्डको रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण