‘पर्व’को प्रिमियरमा सेलिब्रेटीको लर्को (फोटोफिचर)
बिहीबार, ११ जेठ २०७४, १३ : ०३
काठमाडौं, जेठ ११ –टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्र ‘पर्व’ प्रदर्शनको पुर्व संध्यामा राजधानीमा भब्य प्रिमिएर गरिएको छ ।
बुधबार कमल पोखरी स्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा कलाकार, पत्रकार तथा सर्वसाधारणको भिड लागेको थियो । चलचित्र हेर्ने प्रायले चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
‘काले दाई काले दाई’ बोलको गीत चर्चामा रहेको कारण पनि चलचित्र ‘पर्व’ले सबैको ध्यान खिच्न सफल भएको हो ।
भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमिएरमा निर्देशक ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, निर्माता छबिराज ओझा, सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा, केकी अधिकारी, अभिनेत्री सौरी मल्ल, मिथिला शर्मा, रिमा बिस्कर्मा, निर्माता सुनिल रावल, बितरक गोपाल कायस्था, गोबिन्द शाही लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र निकिता पौडेल र सुवास गिरीले मिलेर बनाएका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण