शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कुष्ठरोग रोकथामबारे अभिमुखिकरण

बिहीबार, ११ जेठ २०७४, १३ : ३९
बिहीबार, ११ जेठ २०७४
कपिलबस्तु, जेठ ११ – कपिलबस्तुमा कुष्ठरोग रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा जिल्लाको साविक मोतिपूर गाविसमा रहेको मोतिपूर स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा गजेहडा स्वास्थ्य चौकीका सिनियर अहेब कमल ज्ञवालीले सहजीकरण गर्दै कुष्ठ रोगका लक्षण तथा चिन्ह्का वारेमा जानकारी गराएका थिए । अघिल्लो आर्थिक बर्षमा देशका कुल ८ जिल्लामा लागु भएको यो कार्यक्रम कपिलवस्तु जिल्लामा सवैभन्दा बढि प्रभावकारी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । कपिलवस्तु जिल्लाका १० गाविसमा सञ्चालन हुने कार्यक्रममा साविक मोतिपुरमा भने १० जना कुष्ठरोगि रहेको तथ्याङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप