मिस नेपाले बन्ने दौडमा नीति
बिहीबार, ११ जेठ २०७४, १३ : ४७
काठमाडौं, जेठ ११ –दाङ घोराही उप–महानगरपालिका धर्ना निवासी २१ वर्षीया नीति शाह ‘मिस नेपाल २०१७’को उपाधि उठाउने कसरतमा छिन् ।
थुप्रै प्रतियोगीहरूलाई पछि पार्दै उत्कृष्ट २० भित्र पर्न सफल उनी उपाधी नजिक पुग्न बन्द प्रशिक्षणमा जुटेकी छिन् ।
बिहानै प्रशिक्षणमा जाने र दिनभरि प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दिनचार्य बनेको छ ।
सेन्टजेभियर्समा चार्टर्ड एकाउन्ट अध्ययनरत उनी अन्तिम वर्षको परीक्षाको तयारीमा छिन् ।
अध्ययनमा पनि उत्तिकै जेहेन्दार छात्रा उनले उपाधी जित्ने विश्वास उनका आफन्तले गरेका छन् ।
हिडेन ट्रेजरले प्रत्येक वर्षगर्दै आएको मिस नेपालको यस वर्षको संस्करणको प्रमुख दाबेदार पनि हुन्, उनी ।
क्यामरा लुक्सका लागि अत्यन्तै उपयुक्त मानिएकी उनी घुमघाम, साथीभाइसँगको रमाइलोका साथै बेलाबेला क्लव जान पनि मन पराउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण