बन्दीपुरमा रेखाको ‘रुद्र प्रिया’, शुभ–साइतमा पुगेनन् आर्यन
काठमाडौं, जेठ ११ –अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा सात बर्षपछि संगै देखिन लागेको चलचित्र ‘रुद्र प्रिया’को छायाँकन सुरु भएको छ । तनहुको बन्दीपुर स्थित खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको काम सुरु गरिएको निर्माता समेत रहेकी अभिनेत्री रेखाले जानकारी दिइन् ।
शुभ–साइतमा चलचित्रको मुख्य नायक आर्यन सिग्देल भने पुग्न सकेनन् । त्यसैले उनी बिनै चलचित्रको साइत छोपिएको छ । आर्यन मध्यान्ह त्यहाँ पुग्ने बताइएको छ ।
कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा ल्याउने उदेश्यले छायाँकन सुरु गरिएको चलचित्र चालिस दिनमा सक्ने लक्ष्य छ । सुदिप भूपाल सिंह बबीको निर्देशनमा बन्न लागेको चलचित्रमा रेखा र आर्यनको मुख्य भूमिका रहेको छ ।
रेखा फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश एमके पौडेलको समेत लगानी रहनेछ ।
सरस्वती थापा निर्माता रहने चलचित्रमा संजय लामाको छायाँकन, सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।
–‘बन्दीपुर पछि पोखरा, काठमाडौं र जिरीमा समेत चलचित्रको छायाँकन हुने निर्मातासमेत रहेकी अभिनेत्री रेखाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण