शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

थाइराइड दिवसका अवसरमा ओम अस्पतालको चेतनामूलक र्‍याली

बिहीबार, ११ जेठ २०७४, १३ : ५२
बिहीबार, ११ जेठ २०७४

काठमाडौ,जेठ ११– विश्वथाइराइड दिवसका उपलक्ष्यमा काठमाडौको चावहिलस्थित ओम अस्पतालले जनचेतनामूलक ¥याली निकालेको छ ।

बिहीबार अस्पताल परिसरबाट निकालिएको ¥याली चावहिलचोक, मित्रपार्क, जयवागेश्वरी, सिफल, चावहिल गणेशस्थान हुँदै पुन अस्पतालमै आएर समापन भएको थियो ।

र्यालीपछि भएको सभामा अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले भयाभह रुप लिइरहेको थाइराइड रोबारेमा समाजलाई यथार्थ जानकारी दिन यस्ता कार्यक्रम प्रभावकारी हुनपर्ने बताए । कार्यक्रममा थाइराइड रोग विशेषज्ञ डाक्टर बजरङग कुमार रौनियारले समयमै उपचार गरिए थाइराइड निको हुने अन्यथा यसले कालान्तरमा दिर्घकालीन समस्या ल्याउन सक्ने जानकारी दिए ।

यसैबीच विश्वथाइराइड दिवसका उपलक्ष्यमा ओम अस्पतालले विशेष छुटसहित बिरामीहरुलाई सेवा उपलब्ध गराएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप