सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई
दाङ, जेठ ११–यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष केसीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रेस सेन्टर नेपाल दाङ शाखाको प्रतिभा छनौट समितिको बुधबार सम्पन्न बैठकले पत्रकार नरेन्द्र केसीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष डिल्ली मल्लले जानकारी दिए । प्रमाणपत्रसहित १० हजार राशी रहेको उक्त पुरस्कार हरेक वर्ष पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा प्रदान गर्दै आइरहेको र यस वर्ष पनि यही जेठ १३ गते घोराहीमा हुने स्मृति दिवसमा प्रदान गरिने मल्लले बताए । त्यस्तै, यस वर्षको कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार साहित्यकार नदीराम केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । जनसाँस्कृतिक महासंघ नेपाल दाङले स्थापना गरेको उक्त पुरस्कार रुकुमका साहित्यकार नदीराम केसीलाई दिने निर्णय गरिएको हो । महासंघ दाङका अध्यक्ष टीका बुढा संयोजक तथा प्रमोद धिताल र प्रकाश पन्थी सदस्य रहेको छनौट समितिले रुकुमका साहित्यकार केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रमाणपत्रसहित रु. १० हजार राशी रहेको उक्त पुरस्कार यही जेठ १३ गते हुने सेन स्मृति दिवसमा प्रदान गरिने जनसाँस्कृतिक महासंघ नेपाल दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’ले जानकारी दिए ।
४० को दशकदेखि नै साहित्य लेखनमा सक्रिय केसीको २०६४ सालमा विद्रोहको गीत उपन्यास, २०६५ सालमा रुकुमको साहित्यको ऐतिहासिक रुपरेखा कृतिका रुपमा प्रकाशित छन् भने थुप्रै फुटकर कविता, गीत तथा साहित्यिक लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
यसैबीच पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर नेपाल दाङ र जनसाँस्कृतिक महासंघ नेपाल दाङले संयुक्तरुपमा मनाउने भएका छन् । सेन मारिएको दिन जेठ १३ गते पारेर तीनवटै संस्थाले संयुक्त रुपमा स्मृति दिवस मनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण