शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा बिना दर्ता मासु पसल सञ्चालन

बिहीबार, ११ जेठ २०७४, १३ : ५८
बिहीबार, ११ जेठ २०७४

कपिलवस्तु, ११ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका मासु पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यस्ता पसलले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् ।

यहाँ गरिएको छड्के जाँचमा चन्द्रौटा आसपासका करिब ५० भन्दा बढी मासु पसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको हो । चन्द्रौटा बजार, शिवपुर, खरेन्द्रपुर, रुदपुर, थुन्ह्यिा, हल्लानगर, गडगौडा सकिची चोकलगायतका स्थानमा रहेका स–साना टङ्कीमा मासु पसल सञ्चालनमा ल्याउने प्रवृत्तिले दर्ता नगरेको उपभोक्ता रमेश चौधरीले बताए ।

मासु पसललेले बधस्थल, प्रोसेसिङ र बिक्री कक्ष अलग राख्नुपर्ने, प्रोेसेसिङ रुमभित्र डर्टी एरिया र क्लिन एरिया फरक हुनुपर्ने, प्रोसेसिङ रुम र बिक्री कक्षमा वातानुकूलित एसी जडान गर्नुपर्ने, स्टिनलेस स्टिलको औजार र प्लास्टिक प्रयोग गर्नुपर्ने, कोल्ड स्टोर मेसिन जडान हुनुपर्नेजस्ता मापदण्ड कुनै पनि पसलले पुरा गरेको पाइँदैन ।

सम्बन्धित निकायले अनुगमनमा चासो नदेखाउँदा पनि बिना दर्ता मासु व्यवसाय खोलिने क्रम बढेको छ । कपिलवस्तुभर करिब एक हजारभन्दा बढी मासु पसल बिना दर्ता सञ्चालनमा रहेको छ । यसरी बिना दर्ता मासुपसल सञ्चालन गर्ने व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन यहाँ नगरपालिका, गाउँपालिका, प्रशासन कार्यालय, पशुसेवा कार्यालय र सम्बन्धित निकायले चासो दिनुपर्ने उपभोक्ता गिरिजा अधिकारीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप