शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

बिहीबार, ११ जेठ २०७४, १४ : ००
बिहीबार, ११ जेठ २०७४
तनहुँ, ११ जेठ । जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका र नगरपालिकाले सम्झौता गरी पठाउनुपर्नेमा हालसम्म नआएको जिल्ला समन्वय समितिका अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । जिल्लामा भूकम्पबाट पीडित १३ हजार ८२९ मध्ये राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्राथमिकतामा परेका सात हजार ५३४ जनालाई जिल्ला समन्वय समितिले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सम्झौताको लागि पठाएको थियो । बाँकी छ हजार २९५ जनाको विवरण भने अझै केन्द्रबाट आएको छैन । यदि समयमै सम्झौता गरेर आएको भए भूकम्पपीडितले निजी आवास सम्झौताअनुरुप रु ५० हजार पाउने थिए । गाविस सचिवले स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिले सम्झौता गरिदिन्छ भन्ने र जनप्रतिनिधिले भर्खरै पदभार सम्हालेका कारण पनि त्यसको चपेटामा भूकम्पपीडित पर्न गएको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप