शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सन्धिखर्क नगरपालिका मेयर उम्मेदवारको आ–आफनै दावी

बिहीबार, ११ जेठ २०७४, १४ : ०४
बिहीबार, ११ जेठ २०७४
अर्घाखाँची, जेठ ११ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरका चार उम्मेदवारले नगरलाई स्मार्ट सिटी बनाउन महत्वकांक्षी योजना अघि सारेका छन् । कांग्रेसबाट मेयरका उम्मेदवार पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, एमाले जिल्ला सदस्य कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार विक र राष्ट्रिय जनमोर्चाकी कल्पना पोखरेलले आफु मेयरमा विजयी भएपछि पाँच वर्ष भित्र देशकै नमुना नगर बनाउने दावी गरेका हुन् । सन्धिखर्कमा आजोजित साक्षात्कार कार्यक्रम मेयरका प्रत्यासी भुसालले सन्धिखर्क नगरभित्र एक घर एक स्वरोजगारको व्यवस्था, कृषि पर्यटक र घरेलु उद्योगको विस्तार गरी आर्थिक रुपमा सम्वृद्ध नगर बनाउने दावी गरे । त्यस्तै एमालेबाट मेयरका प्रत्यासी कृष्णप्रसाद श्रेष्ठले आफुले जितेमा सन्धिखर्कलाई स्मार्ट ग्रीन सिटी बनाउने सुनाए । उनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भित्राएको अर्घा भगवती विमानस्थलको दुई वर्ष भित्र निर्माणकार्य सम्पन्न गरी सञ्चालन गर्ने योजना रहेको पनि बताए । अर्का मेयरका प्रत्यासी माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विकले नरपानी देखि सन्धिखर्क केबलकार जडान, मेडिकल कलेज स्थापना, सबै वडामा स्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए । राजमोकी कल्पना पोखरेलले नगर विकासको लागि भौतिक पूर्वाधार, कृषि, पर्यटक र विकास निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप