पर्वको आशालाग्दो व्यापार
आइतबार, १४ जेठ २०७४, १३ : ३०
काठमाडौं, जेठ १४ – प्रदर्शन पूर्व गरिएको प्रिमिएरमा सुखद प्रतिक्रिया पाएको चलचित्र ‘पर्व’ले ओपनिङ ब्यवसाय पनि आशालाग्दो गरेको निर्माण पक्षले जनाएको छ । लामो समयपछि पर्दामा देखिएकी अभिनेत्री नम्रतालाई पर्दामा मन पराइएको निर्माण पक्षको भनाई रहेको छ ।
देशभरका ७७ पर्दामा एकसाथ लागेको चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न अभिनेता कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायत शनिबार बिभिन्न चलचित्र भवनमा पुगेका थिए ।
उनीहरुले बिभिन्न चलचित्र भवनमा गरेको सर्वेक्षणमा धेरैलाई चलचित्र मन परेको पाइएको जानकारी दिए । निर्माता सुवास गिरी र निकिता पौडेलले चलचित्रको माउथ पब्लिसिटी राम्रो भएकोले व्यापारमा पनि फाइदा पुग्ने अनुमान लगाए ।
चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण