बहिनीसँग रेकर्ड गरिन् गायिका कोमल ओलीले तीज गीत
आइतबार, १४ जेठ २०७४, १३ : ३४
काठमाडौै, जेठ १४ –तीज आउन अझैं चार महिना बाँकी छ । तर हाम्रा गायक गायिकालाई भने तिजले छोइसकेको छ । उनीहरु अहिले तीजका लागि बाहिर ल्याइने गीत बनाउन र गाउन ब्यस्त हुन थालेका छन् ।
यस्तै गायिका कोमल ओलीले पनि तिजका लागि एक गीत गाएकी छन् । पछिल्लो समयमा राजनीतिमा होमिएकी कोमलले यस पटकको तिज गीत आफ्नै बहिनी प्रज्ञा शरदसँग गाएकी हुन् ।
चर्चित गीतकार तथा लय संकलक एकनारयण भण्डारीको शब्द तथा लयमा कोमलका दिदी बहिनीले तिज गीत गाएकी हुन् । बहिनसँग तीज गीत गाएको कोमलले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।
बहिनीसँग गीत गाउदै गरेको एक तस्बिर सार्वजनिक गर्दै कोमलले गीतका शब्द तथा संगीत उत्कृष्ट र सबैको मुखमा झुण्डिन सक्ने रहेको उल्लेख गरेकी छन् ।
रेडियो नेपालमा कार्यरत कोमलकी बहिनी प्रज्ञाले पाण्डव सुनुवार, बमबहादुर कार्की, राम थापा, नारायण पाण्डे लगायतसँग समेत गीत गाइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण