एउटै व्यक्तिको साथमा गाँजा, पेस्तोल र गोली !
आइतबार, १४ जेठ २०७४, १३ : ५६
काठमाडौं, जेठ १४–सप्तरीको बिषनपुर गाउँपालिका–७ बस्ने १९ बर्षिय आदित्य शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कम्मरमा पेस्तोल भिरेर हिँडेका शर्माको साथबाट प्रहरीले दुई राउण्ड गोली र ५ सय ग्राम गाँजा समेत बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले खान तलासी गर्ने क्रममा शर्माको साथबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको साथबाट ‘अन टेष्ट’ लेखेको मोटरसाइकल १ थान र मोवाईल १ थान समेत प्रहरीले बरामद गरेको छ ।
यसैबीच, म्याग्दिको मालिका गाउँपालिका–३ घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ घारामहभिर स्थित ससुराली घरमा बस्दै आएको ३४ वर्षीय हिरालाल पुनको गोलीको छर्रा लागेर मृत्यु भएको छ । खमबहादुर वुर्जा र बिवेक शेरपुन्जा सोहीसँग स्थानिय घाराखोला जंगलमा शनिबार भरुवा बन्दुक लिई सिकार खेल्न गएकोमा हिरालाल ढुङगामा चिप्लन गई बन्दुक पड्कन जाँदा गोलीको छर्रा लागेर गम्भीर घाईते भएका थिए । घाइते हिरालालको घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । खमबहादुर र शेरपुन्जालाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३७ वर्षीय बिजय प्रजापतिले संचालन गरेको खाजा पसलमा जुवातास खेलिरहेका १९ जनालाई ५० बुक तास र नगद २ लाख ६७ हजार ८ सय ९५ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । त्यस्तै बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४८ वर्षीय दानबहादुर खड्कीको घरमा जुवातास खेलिरहेका ९ जनालाई ६ बुक तास र नगद ६५ हजार ६ सय ७० रुपैयाँ र घर धनी समेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण