बेलायतमा २३ हजार जिहादी लडाकू
लन्डन, १४ जेठ । बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आज सार्वजनिक भएको छ ।
मर्न र मार्न तम्तयार भै बसिरहेका यिनीहरुलाई नै बिभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत सो प्रतिवेदनमा जनाइएको छ ।
आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम रहेको तथा प्रशस्त अवसर र विकल्प छँदाछँदै सो गुमाएर गत सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण हुनु लाजमर्दो कुरा भएको भनी सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाद्वारा लन्डनको स्थानीय ह्वाइटहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उपरोक्त जानकारी दिइएको हो ।
कूल तेइस हजार जना जिहादी लडाकूहरुमध्ये करिब तीनहजार सम्भाब्य आत्मघाती आक्रमणकारीहरु बेलायतलाई जहिले पनि अधिकतम खतरनाक सावित भै रहेका र बाँकी बीस हजार जना पनि अलि कम खतरनाकको श्रेणीमा परे तापनि यिनीहरुउपर कडा निगरानी राखी सदैब सतर्क रहनु पर्ने समेत खुलासा गरिएको छ ।
म्यान्चेस्टर आक्रमणपश्चात् बेलायती प्रहरी र अनुसन्धान निकायले गतः एक हप्ताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेशन कारबाहीको क्रममा उपरोक्त तथ्य पत्ता लागेको जनाइएको छ ।
यस बर्ष सम्पूर्ण बेलायतभरी सनसनी फैलाउने गरी भएका दुई खतरनाक आत्मघाती बम आक्रमणका नाइकेहरु – म्यान्चेस्टर एरिना घटनाका सलमान आबेदी र दुई महिना अघि पाँचजना मानिसको ज्यान जाने गरी वेस्ट मिन्स्टर आत्मघाती आक्रमण घटनाका खालिद मसूद, यी दुवै जनाउपर पहिलेदेखि नै निगरानी बढाउनु पर्नेमा सो गर्न छुटेको राष्ट्रिय सुरक्षा सेवाले स्वीकार गरेको छ ।
म्यान्चेस्टर एरिना घटनाको अनुसन्धानको क्रममा हालसम्म ११ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइर्एको र अन्य कतिपयलाई पनि पक्राउ गर्न निरन्तर खोजी भै रहेको छ । घटनाको नाइके सलमान आबेदीका पृष्ठभूमिमा रहेका सबैजसोलाई पनि पक्राउ गरिसकिएको जनाइएको छ ।
यसैबीच, बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रब्यापी सुरक्षाको स्थितिलाई पहिला घोषणा गरिएको 'क्रिटिकल (नाजूक अवस्था)' को श्रेणीबाट झारी 'सिभर (कठोर अवस्था)' को श्रेणीमा राख्ने आदेश दिPsL l5g\ ।
तथापि सशस्त्र सुरक्षाकर्मीका समूहले राजधानीमा सोमबारसम्म २४ सै घण्टा गस्तीमा खटिई सुरक्षा निगरानी बढाइ रहने छन् ।
गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमण परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण